४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेका एक हजार ८३२ ले रोजगार पाउने   

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगञ्ज, १६ जेठ ।  सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बाँकेमा यो वर्ष एक हजार ८३२ले रोजगारी पाउने भएका छन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रअनुसार यस जिल्लामा २०७५/७६ भित्र बेरोजगारी सूचीमा दर्ता भएकामध्ये एक हजार ८३२ जनालाई ३० दिन बराबरको रोजगार उपलब्ध गराइने भनिएको छ ।

जिल्लाको बैजनाथ र राप्तीसोनारीमा २२६, खजुरामा २१२, डुडुवा र जानकीमा १४० तथा नरैनापुर गाउँपालिकामा १२६ जनाले ३० दिन बराबरको रोजगारी पाउने भएका छन् ।

त्यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले ७६२ बेरोजगार युवालाई रोजगारी दिने नेपालगञ्ज नगरउपप्रमुख उमा थापामगरले बताउनुभयो ।

कार्यक्रमअन्तर्गत सरकारले बाँकेका स्थानीय तहमा रु ४० करोड ६० लाख ससर्त अनुदानको व्यवस्था गरेको छ । –रासस