४ कार्तिक २०८३, बुधबार

भैरहवा विमानस्थलमा पाँच वटा विमान अड्किए

18.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ जेठ । मौसम खराबीका कारण बुधबार बेलुका भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेका ५ वटा विमान अहिलेसम्म काठमाडौं उड्न सकेका छैनन् ।

देशका विभिन्न स्थानबाट काठमाडौँका लागि उडान भरेका विमानहरू मौसम खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि गौतमबुद्ध विमानस्थलमा आपतकालीन अवतरण गरेका थिए ।

बिहान ६ बजे नै होटलबाट विमानस्थल पुगेका यात्रुहरू बिहान साढे ९ बजेसम्म पनि विमानस्थलमै अलपत्र छन् ।

विमानस्थल व्यवस्थापनले व्यवस्थापन र समन्वयमा चासो नदेखाएको यात्रुहरूले जनाएका छन् । उनीहरूले विमानस्थल प्रसाशन र एयरलाईन्स व्यवस्थापनले यात्रुमाथि अन्याय गरेको भन्दै आक्रोश समेत पोखेका छन् ।

बुधबार राति भैरहवा विमानस्थल झरेका यात्रु राति १० बजेसम्म होटल जाँदै थिए । विमानस्थल व्यवस्थापन र एयरलाईन्स व्यवस्थापनको लापरबाहीका कारण यात्रुहरुले निकै कष्टकर भएको गुनासो गरेका छन् ।

राति १० बजे होटल पुगेका यात्रुले एउटा होटलमा बास बसेर खाना खान अर्कै होटलमा जानु परेको गुनासो गरेका छन् । यात्रुका अनुसार साँझको खाना राति साढे ११ बजे खाएका थिए ।