काठमाडौं, १६ जेठ । मुलुकभरका सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभाव टार्न सरकारले शिक्षण स्वयंसेवक खटाउने भएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
विद्यार्थी, थोरै शिक्षक भएका विद्यालयमा यस्ता शिक्षक नियुक्त गरिने छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आर्थिक वर्ष ०७६ ७७ को बजेट पेस गर्दै स्नातक र स्नातकोत्तर गरेकालाई शिक्षण स्वयंसेवकका रूपमा खटाउने बताए ।
यसका लागि एक अर्ब ५० करोड बजेट बिनियोजन गरिएको छ । शिक्षण सिकाइ सहयोग अनुदान कार्यक्रममार्फत शिक्षण स्वयंसेवक परिचालन गर्न लागिएको हो ।
सामुदायिक विद्यालयहरूमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको बढी अभाव छ ।















प्रतिक्रिया