४ कार्तिक २०८३, बुधबार

जेठ मसान्तसम्म बक्यौता बुझाउँदा जरिवानामा छुट

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ जेठ । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ ।

यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरिएको टेलिकमले जनाएको छ ।

आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गएर यस सम्बन्धी जानकारी लिई पुरानो बक्यौता बुझाउन सकिने छ । पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुको मागलाई मध्यनजर गरी कम्पनीले छुटको व्यवस्था गरेको हो ।

छुटको अवसरलाई सदुपयोग गरी पुरानो बक्यौता भुक्तानी गर्न टेकिलमले सम्बन्धित सबैलाई आह्वान गरेको ।