४ कार्तिक २०८३, बुधबार

सानिमा बैंकले ल्यायो बचत खातामा ६ घातक रोगको बीमा योजना

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ जेठ । सानिमा बैंकले, अमेरिकन लाईफ इन्स्योरेन्स कम्पनी सँगको सहकार्यमा नयाँ तथा पुराना बचत खाताका ग्राहकवर्गहरुका लागि बीमा योजना ल्याएको छ ।

योजनाअन्तर्गत ६ घातक रोगहरुको रक्षावरण सहितको रु. ३ लाख रुपैयाँ बीमा तथा रु २५ हजारको मृत्यु लाभ हुने बीमा बैंकले गरी दिने छ ।

यस योजनाअन्तर्गत नयाँ ग्राहकहरुले सानिमा बैंकको बचत खाता खोल्दा बीमा सम्बन्धी आवश्यक आवेदन बुझाउनु पर्नेछ भने पुराना ग्राहकहरुले बैंकको नजिकैको शाखामा सम्पर्क गरि वा बैंकको वेबसाईट www.sanimabank.com मा लग ईन गरि बीमा योजनाको आवेदन दिन सक्नेछन् ।

बैंकले आफ्ना ग्राहकहरुका लागि उपयुक्त हुने विभिन्न योजनाहरु समयानुकुल रुपमा प्रदान गर्दै आइरहेको छ । सानिमा बैंकको हाल ७८ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७३ वटा एटीएम रहेको छ ।