४ कार्तिक २०८३, बुधबार

चार वर्षपछि खुल्यो तातोपानी नाका, खासा पुगे नेपाली कन्टेनरहरू

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । ०७२ सालको भूकम्पपछि बन्द भएको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर उन ल्याउन खासा पठाएपछि नाका खुलेको हो ।

ती कन्टेनर बुधबार काठमाडौं आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनियाँ पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएका छन ।

गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ ।

चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ ।

नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको छ ।