४ कार्तिक २०८३, बुधबार

गणतन्त्र दिवसमा टेलिकमले ल्यायो यस्तो अफर

15k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ जेठ । नेपाल टेलिकमले कम्पनीको सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई गणतन्त्र दिवस २०७६ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

मंगलबारदेखि लागू हुने गरि ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । अफर मंगलबार (१४ गतेदेखि) जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी हासिल गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् ।