धनुषा, १३ जेठ । जनकपुर विमानस्थलबाट आइबारदेखि रात्रिकालीन उडान शुरू भएको छ ।
१० करोडको लागतमा एयर फिल्डग्राउण्ड लाइटिङ्ग सिस्टम जडान गरिएपछि रात्रिकालीन उडान गरिएको हो ।
पहिलो दिन बुद्ध एयरको ९ एन–ए जे एक्स विमानले जनकपुरबाट काठमाडौंका लागि परीक्षण उडान भरेको नेपाल नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख सन्तोष ढकालले बताए ।















प्रतिक्रिया