४ कार्तिक २०८३, बुधबार

आठ बालबालिका लिटिल मिष्टर एण्ड मिस विजेता छानिए

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘लिटिल मिष्टर एण्ड मिस २०१९’मा ८ बिजेता छानिएका छन् । बिभिन्न उमेर समूह गरेर मोक्क्षा अधिकारी, अब्सरा दुलाल, सिमोन पुन, सक्षम थापा, कृष्ण बुढाथोकी, कुसल न्यौपाने, करिष्मा सुवेदी, बिपुल श्रेष्ठ नामका बिजेता चुनिएका हुन् ।

शनिबार बालकुमारीस्थित म्युजिक सिटी हलमा अबेर साँझ सम्पन्न प्रतियोगीतामा सबै बिजेताले शिर्ष उपाधिको साथमा बिभिन्न गिफ्ट उपहारको रुपमा प्राप्त गरे ।

एक्सपोज नेपालको आयोजना रहेको प्रतियोगीताको उदेश्य बालबालिकाको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी गर्दै भबिश्य निर्माणमा अग्रसर गराउने रहेको थियो ।

चुनिएका सबै विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘लिटिल मिष्टर एण्ड मिस युनिभर्सल २०१९’ सहभागिता जनाउने आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् ।

प्रतियोगितामा पूर्व मिस नेपाल सुगारिका केसी, मिष्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ, मिस राजधानी २०१७ शर्मिला सापकोटा र प्रवीना श्रेष्ठ लगायत निर्णायक रहेका थिए ।