
काठमाडौँ, १२ जेठ । सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ । शाखाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले उद्घाटन गरे ।
मेयर पोखरेलले नेपाललाई समृद्धितर्फ लैजान हामी सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गनुपर्ने बताए ।
जम्मा गरेको रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि आवश्यक पूजीँको निर्माण गर्न आग्रह गरे । कन्काईमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा पनि खुशी व्यक्त गरे ।
सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहक तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सन्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने सिभिल बैंकका क्षेत्र नं. १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीले बताए ।
सिभिल बैंकको सुरुङ्गा शाखा सहित बैंकको कुल शाखा संख्या ७५ पुगेको बैंकले जनाएको छ ।















प्रतिक्रिया