४ कार्तिक २०८३, बुधबार

पोखरा पुग्यो ‘जात्रै जात्रा’को टिम

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । चलचित्र ‘जात्रै जात्रा’को टोली मोफसल यात्राका क्रममा पोखरा पुगेको छ ।

चलचित्र प्रचारका क्रममा निर्देशकसहित कलाकारको टोली पूर्वी नेपालको मोरङ, झापा र सुनसरी पछि कास्कीको पोखरा पुगेको हो ।

निर्देशक प्रदीप भट्टराई, चलचित्रका अभिनेता रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली आज पोखरा पुगेर दर्शकसँग भेटेर प्रतिक्रिया मागेका छन् ।

जेठ ३ गतेबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत मुख्य भूमिकामा छन् ।

‘जात्रै जात्रा’ चलचित्र ‘जात्रा’को सिक्वेल हो । दाेस्रो हप्तमा पनि चलचित्रले हाउसफूल दर्शक पाएकाे निर्माणपक्षले जनाएको छ ।