४ कार्तिक २०८३, बुधबार

दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ,  १० जेठ । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गुराँस गाउँपालिका वडा नम्बर १ रिगलपानीमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको छ ।

थप विवरण आउन बाँकी छ ।