४ कार्तिक २०८३, बुधबार

नेपाल बैंक लिमिटेडको नयाँ शाखा तालचोकमा

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ जेठ । कास्कीको पोखरा महानगरपालिका वडा नंं २७ लेखनाथस्थित तालचोकमा नेपाल बैंक लिमिटेडको शाखा संचालमा आएको छ ।

शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जीसी र नेपाल बैंक लिमिटेडका कामु प्रमुख कार्यकारी अधिकृत कृण्ण बहादुर अधिकारीले संयुक्त रुपमा बिहीबार उद्घाटन गरे ।

विभिन्न उद्योगी, व्यवसायीहरु, स्थानीय समाजसेवीहरु, विभिन्न संघ, सस्थाका प्रमुखहरु, साथै स्थानीय ग्राहकहरुको उपस्थिति रहेको कार्यक्रमका लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी, पोखरा चेम्वर अफ कमर्सका अध्यक्ष किसान सुनार, समाजसेवी वावुराम गिरी लगायतले देशको पहिलो बैंक नेपाल बैंकलाई सम्पूर्ण नेपालीहरुको पहिलो रोजाइको बैंक समेत बन्ने शुभकामना प्रदान गरे ।

हाल गण्डकी प्रदेशका गोर्खा जिल्ला बाहेकका सम्पूर्ण जिल्लाहरुमा विभिन्न २० वटा शाखाहरुमार्फत बैंकले सरकारी कारोवार सहितका विभिन्न अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दे आइरहेकोछ ।

निकट भविष्यमा गोर्खा जिल्ला सहित गण्डकी प्रदेशका अन्य विभिन्न क्षेत्रहरुमा समेत बैंकका थप नयाँ शाखाहरु स्थापनाको क्रममा रहेका हुँदा बैंकले आफ्नो उपस्थितिलाई थप दरिलो बनाउँदै लैजाने बताएको छ ।