४ कार्तिक २०८३, बुधबार

कतार एयरवेजद्वारा ‘समर इन कतार’का लागि कतार राष्ट्रिय पर्यटन परिषद्सँग सहकार्य

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ जेठ । कतार एयरवेजले विश्वको १६० भन्दा बढी गन्तव्यबाट दोहासम्मको उडानका लागि १५ अगस्टसम्मको सम्पूर्ण बुकिङमा यात्रुहरुलाई ‘समर इन कतार’को विभिन्न गतिविधिको अनुभव गराउने उद्देश्यले २५ प्रतिशतसम्मको छुट प्रदान गर्न कतार राष्ट्रिय पर्यटन परिषद् (क्यू.एन.टि.सी) सँग सहकार्यमा गरेको छ ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल (एच.आई.ए.) मार्फत आगमन, प्रस्थान तथा ट्रान्जिट गर्ने यात्रुहरुले कतार एयरवेजको विशेष अल माहा सेवामा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । आफ्नो टिकट बुक गर्नका लागि www.qatarairways.com/SummerInQatar मा जान सकिने कम्पनीले जनाएको छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा कतार राष्ट्रिय पर्यटन परिषद्का महासचिव अकबर अल बकरले कतारको अद्वितीय संस्कृति तथा आतिथ्य अनुभव गराउन यस वर्षको ग्रीष्म मौसमले पर्यटकहरुलाई लक्षित गरेको बताए ।

जुनदेखि मध्य अगस्ट सम्म ‘समर इन कतार’ ले अतिथिहरुलाई जुन ४ मा सुरु हुने इद–अल–फितर र १२ अगस्टमा हुने इद–अल–अधाका बीचमा विभिन्न उत्सवहरुमा सहभागी हुने अवसर प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत बकरले बताए ।