मंगलबार, ३ असार २०७६
DainikNepal.com
मंगलबार, ३ असार २०७६

मत गणना स्थलमा भारतीय कांग्रेसका नेताको ‘हर्टअट्याक’बाट निधन

दैनिक नेपाल २०७६ जेठ ९ गते १३:०७

 

काठमाडौं, ९ जेठ । लोक सभा निर्वाचनको मतगणना चलिरहेका बेला भारतको मध्य प्रदेश राज्यमा प्रतिपक्षी भारतीय कांग्रेसका एक नेताको हृदयघात (हर्टअट्याक)का कारण निधन भएको छ ।

मध्यप्रदेशका सिहोरस्थित मतगणना केन्द्रमा रहेका ती नेतालाई हृदयघात हुनासाथ जिल्ला अस्पताल लगिएको थियो । सिहोर जिल्लाका कांग्रेस अध्यक्ष रतनसिंह ठाकुरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिहोर भोपाल लोकसभा सीट अन्तर्गत पर्छ। यस क्षेत्रमा भारतीय जनता पार्टीकी प्रज्ञासिंह ठाकुर र कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहबीच प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया
सम्बन्धित