४ कार्तिक २०८३, बुधबार

करिअरमा फिल्म क्षेत्र नरोजेकी पूर्व मिस नेपाल अश्मीको बलिउड गायकसँग प्रेम राग

6.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस नेपाल हुनासाथ अश्मी श्रेष्ठले भनेकी थिइन्,‘म प्रेममा छैन, आवेदन खुला छ ।’

२०१६ मा मिस नेपालको ताज पहिरेकी अश्मी त्यसयता नेपाली फिल्म उद्योगमा त के म्युजिक भिडियोमा पनि देखिइनन् । एकाध कर्पोरेट विज्ञापनबाहेक उनको तस्बिर कतै झुल्किएन ।

प्रेम आवेदन खुला गरेकी उनी अहिले भने, प्रेमीकै कारण चर्चामा छिन् । उनका प्रेमी भारतीय गायक सनम पुरी भएको दाबी गरिएको छ ।

यद्यपि, अश्मीले उक्त विषयको प्रमाणिकरण गरेकी छैनन् । सामाजिक सञ्जालमा ति गायकसँग तस्बिर राखेका कारण अश्मी प्रेममा परेको अड्कल काटिएको छ ।

सनमले पनि अश्मीसंगका तस्बिरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । गायक पुरी केही समय अगाडी नेपालमा आएर पनि कन्सर्ट गरी फर्किएका थिए । सनमले भने अश्मीसँगको तस्बिर राख्दै आफू प्रेममा परेको उल्लेख गरेका छन् ।

अहिले यो जोडी प्रेम रागमा रहेको दाबी गरिएको छ ।