४ कार्तिक २०८३, बुधबार

मुक्तिनाथ बैंकद्वारा जेष्ठ नागरिकलाई कुर्सी हस्तान्तरण

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोेखरा महानगरपालिका १०, रामबजारमा अवस्थित “रामबजार जेष्ठ नागरिक मिलन केन्द्र”लाई ३५ थानकुर्सी हस्तान्तरण गरेको छ ।

संस्थाका ९६ वर्षिय जेष्ठ नागरिक गौ बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रामबजार युके सोसाइटीका सल्लाहकार प्रेम विक रहेका थिए ।

यस्तै, कार्यक्रममा मुक्तिनाथ विकास बैंक, पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकाल, शाखा कार्यालय अमरसिँहका प्रमुख अशोक लामा, पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेल, संस्थाका अध्यक्ष क्याप्टेन थमन थापा सहितको संयुक्त उपस्थितिमा कुर्सी वितरण गरिएको हो ।

संस्थाको प्राङ्गणमा वितरित कुर्सीबाट जेष्ठ नागरिकहरुलाई दैनिक रुपमा आरामदायी तवरले बस्नको लागि थप सहयोग भएकोमा संस्थाका अध्यक्ष क्याप्टेन थमन थापाले बैंकको प्रगतिको कामना गरे । साथै, जेष्ठ नागरिकको आशिष र कामना सहित धन्यवाद पनि व्यक्त गरे ।

कार्यक्रममा बैंकका क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय प्रबन्धक ढकालले बैंकको व्यवसाय बृद्धिसँगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा त्यस क्षेत्रका जेष्ठ नागरिकहरुको जेष्ठ नागरिकताको परिचयपत्र समेत पोखरा महानगरपालिकाको समन्वयमा वितरण गरिएको थियो ।