
काठमाडौँ । लोकप्रिय गायक याम क्षेत्रीको आवाजमा कारुणीक कथामा आधारित हृदयविदारक गीत सार्वजनिक भएको छ ।
लोक गायकहरुको पीडा समेटिएको गीतमा क्षेत्रीलाई लोकप्रिय गायिका शान्तिश्री परियार र गायक बसन्त थापाले साथ दिएका छन् ।
दिलिप रेग्मीको शब्द/संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको ‘पीडित कलाकार’ बोलको गीतको भिडियो पनि उत्तिकै मार्मिक र हृदयविदारक बनाइएको छ ।
एउटा गायक रोगले थलिएपछि उसको परिवारमा आइपर्ने पीडालाई गीतको मुख्य विषय बनाइएको छ ।
अरुलाई सँधै हसाउँदै, मनोरञ्ज दिदै हिँड्ने कलाकार आफै रोगले थलिएपछि उसको परिवार कति पीडामा गुर्जिनुपर्छ भन्ने गीत र भिडियोको माध्यमबाट देखाउन खोजिएको छ ।
गायक क्षेत्री र गायिका परियारले मार्मिक रुपमा गाएको गीत साँच्चिकै मन छुने खालको छ ।
दिलिप रेग्मीकै निर्देशन रहेको गीतको भिडियोमा उनीसहित कञ्चन पुन, प्रेरणा बोहोरा, सुफिया मल्ल, सुरेन्द्र हमाल, होम धिताल, शिव शर्मा र रोशन क्षेत्रीले अभिनय गरेका छन् ।
यस्तै बाल कलाकारहरु सुदिन र कृष्णको पनि अभिनय छ ।
गायक याम क्षेत्रीका यसअघि सिरिसिरी हावा बहुन्जेल, कल्पनामै भए’नी देख्छु भनेको, यो चोखो माया मर्दैन, माली गाईको दही मीठो, फूल राम्रो गुलाबको काँडा भए’नी, शीतल दिने पिपल समी छ, कता गयौ गीत गाउने गाइने दाइ, घामले नि पोल्दियो जस्ता थुप्रै गीत दर्शक, श्रोताले निकै मन पराएका थिए ।
‘पीडित कलाकार’लाई पनि सबैको उत्तिकै माया र साथ पाउने क्षेत्रीको विश्वास छ ।
हेर्नुहाेस् भिडियो















प्रतिक्रिया