४ कार्तिक २०८३, बुधबार

चेल्सीका स्ट्राइकर ओलिभरसँग क्लबको नयाँ सम्झौता

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ८ जेठ । चेल्सीका स्ट्राइकर ओलिभर जिरउडले क्लबसँग नयाँ सम्झौता गरेका छन् । ३२ वर्षका जिरउडले चेल्सीसँग सन् २०१९–२० को सिजनको अन्त्यसम्म रहने गरि सम्झौता गरेका हन् ।

विश्वकप विजेता फ्रान्सेली खेलाडी जिरउडले नयाँ सम्झौताबाट आफू निकै खुशी रहेको बताएका छन् । आफू कम्तिमा अझै एक वर्ष क्लबमै रहन चाहेको र नयाँ सम्झौताले त्यो पूरा भएको उनले उल्लेख गरेका छन् ।

उनको यसअघिको सम्झौता यहि समरमा सकिँदै थियो । अनुभवी जिरउड सन् २०१८ को जनवरीमा लण्डनको अर्को प्रतिस्पर्धी क्लब आर्सनलबाट चेल्सी आएका हुन् । उनले चेल्सीबाट अहिलेसम्म ६२ खेलमा १७ गोल गरेका छन् ।