७ कार्तिक २०८३, शनिबार

समाजमा विचलन बढ्यो : डिआइजी विश्वराज पोखरेल

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

समाजमा विचलन बढ्यो : डिआइजी विश्वराज पोखरेल
प्रवक्ता, नेपाल प्रहरी

काठमाडौं, ८ जेठ । पछिल्लो तीन वर्षको तथ्यांक हेर्ने हो भने औसतमा दिनमा कर्तव्य ज्यानका दुई घटना भइरहेको देखिन्छ । पेसेवर अपराधीबाट तथा संगठित समूहबाट भन्दा पनि समाजमा हुने सानातिना झै–झगडा, परिवारमा हुने विवाद, सामान्य रिसइबी, आर्थिक लेनदेन तथा चरित्रका विषयलाई लिएर धेरै हत्या हुने गरेका छन् । पाँचथरको घटनाको अनुसन्धान हुँदै छ, तर आपराधिक समूहबाट होइन कि जस्तो देखिन्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तराईतिर हेर्ने हो भने दाइजोका कारण समेत हत्या भएका छन् । सामाजिक परिवेशभित्रको विचलनबाट सिर्जित हत्याका घटना बढेका छन् । परिवारभित्र र नातेदारभित्र हत्या भएका छन् । हाम्रो संस्कृतिमा आएको विचलन नै यसको मुख्य कारण हो जस्तो लाग्छ । सामाजिक मूल्य–मान्यता फेरिँदै गएका छन् । एउटा विषयमा परिवारका सदस्यभित्रै हेर्ने दृष्टिकोण फरक हुने गरेको छ । आफू केन्द्रित भएर सोच्ने प्रवृत्ति समाजमा बढ्दै गएको छ । यस्तो सोच र मान्यताले हत्या घटना बढेका छन् ।

प्रहरीले पनि त्यस्ता घटना रोक्न नयाँ कार्यशैली अवलम्बन सुरु गरेको छ । अहिले हामीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रूपमा गाउँ–गाउँमा लिएर गएका छौँ । सायद यो कार्यक्रमले यस्ता घटनामा कमी आउनेछ ।