७ कार्तिक २०८३, शनिबार

आफन्त नै संलग्न बडिखेल हत्या : जेठानबाटै नगरकोटी परिवारको हत्या

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । १६ असोज ०६० मा दसैँको महाअष्टमी परेको थियो । ललितपुरको लेलेमा भानु नगरकोटी र उनका परिवार मासुभात खाएर सुतेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सोही रात भानुसहित ३० वर्षीया श्रीमती धनकुमारी, १३ वर्षीय छोरा रवीन्द्र, १० वर्षीया छोरी लुरी र आठ वर्षकी टुकुली भन्ने भगवतीको हत्या भएको थियो । यो सामूहिक हत्याको घटना लामो समयसम्म रहस्यमै रह्यो । तर, १२ वर्षपछि आफन्तबाटै हत्या भएको पुष्टि भयो ।

भानुका जेठान चन्द्रबहादुर पहारीले नगरकोटी परिवारको हत्या गरेको महानगरीय अपराध महाशाखाले पुष्टि गर्‍यो । सुरुमा पक्राउ परे पनि संलग्नता पहिल्याउन नसकेपछि प्रहरीबाट छाडिएका उनी २ भदौ ०७२ मा संलग्नता पुष्टि भएर पक्राउ परेका थिए ।

आफ्नी श्रीमतीसँग ज्वाइँ भानुको अनैतिक सम्बन्ध रहेको आशंकामा चन्द्रबहादुरले मदिराको नसामा मध्यराति बहिनीज्वाइँको परिवारकै हत्या गरेको अनुसन्धानमा खुलेको हो । तर, जेल परेको एक वर्षमै चन्द्रबहादुरको मृत्यु भइसकेको छ ।