४ कार्तिक २०८३, बुधबार

फुटबलको राष्ट्रिय टिम घोषणा : काे अटाएनन्, को वैकल्पिक

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडाैँ, ७ जेठ । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले तीन जना खेलाडीलाई बैकल्पिक सूचीमा राखेका छन् । सोमबार २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका कालिनले तीन खेलाडीलाई बैकल्पिक खेलाडीको रुपमा टिममा बोलाएका छन् ।

उनले डिफेन्डर दिनेश राजवंशी, स्ट्राईकर सुमन लामा र गोलकिपर बिशाल श्रेष्ठलाई बैकल्पिक खेलाडीको रुपमा टिममा समावेश गरेका छन् । सोमबार सार्वजनीक गरेको टिममा तीनै जना खेलाडी अटाएका थिएनन् ।

मुख्य प्रशिक्षक कालिनले टिमका केही स्टार खेलाडीलाई बाहिर राख्दै राष्ट्रिय टिमको छनोट गरेका थिए । जसमा चोटका कारण भरत खवास र फिटनेसका कारण विमल घर्तिमगर टिम बाहिर परेका थिए ।

पहिलो पटक युवा फरवार्ड अभिषेक रिजालले टिममा स्थान बनाएका थिए । नेपालले जुनको पहिलो साता दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण म्याच खेल्दैछ । नेपालले चाईनिज ताईपेई र मलेसियासँग मैत्रिपूर्ण म्याच खेल्न लागेको हो ।

सन् २०२२ को विश्वकप छनोट खेल्न लागेको नेपालले मैत्रिपूर्ण खेललाई तयारीको रुपमा हेरेको छ ।

यस्तो छ टिम :

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबि सिलवाल

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ,

फरवार्ड : अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ