४ कार्तिक २०८३, बुधबार

दिलिपले गाए अनि खाए गुन्द्रुक र ढिँडो (भिडियो)

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तामाङ शेलो शैलीमा गायक दिलिप तामाङले ‘गुन्द्रुक र ढिडों’ गाएका छन् । उक्त गीतको म्युजिक भिडियो पनि युट्युवमा रिलिज गरिएको छ । जसको मुख्य कलाकारमा तामाङ र निरन्जली लामाले अभिनय गरेका छन् ।

नेपालको जातजातीको सांस्कृतिक मान्यतालाई स्थापित गर्नका लागि गीत र म्युजिक भिडियो राम्रो बनेको कलाकार जयनन्द लामाले बताए । उनैको हातबाट म्युजिक भिडियो सार्वजनिक गरिएको थियो ।

सुसन लामाको शव्द संगीत, फडिन्द्र राईको संयोजन, सम्पादन तथा छायांकन सागर तामाङले गरेको गीतको नृत्य निर्देशन लालमान तामाङले गरेका हुन् ।

सुशसन लामाले निर्देशन गरेको म्युजिक भिडियोलाई सागर क्रिएशनले बजारमा ल्याएको हो ।

https://youtu.be/FBW3ITJv8ZQ