सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

थ्रिलर कथामा ‘मन्द–मन्द’, छायाँकन अन्तिम चरणमा

दैनिक नेपाल २०७६ जेठ ७ गते ८:२७

महेश सिंह महतो

लहान । प्रेम भूमिरीमा अधारित ‘मन्द–मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ ।

चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले सुटिङको लागि कडा मेहनत गर्दै आएको बताएकी छिन् ।

‘अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु’, उनले भनिन्, ‘यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’

नेपाली उद्योगमा ठूलो लगानीमा निर्माण भइरहेको यो चलचित्रले दर्शकलाई फिल्म हलसम्म तान्ने रौचक ढङ्गले कथावस्तुलाई निर्देशक तथा प्राविधिकहरूले जीवन्तमा उतार्न कसिएका छन् ।

चलचित्र क्षेत्रका अनुभवी निर्देशक राजबहादुर सानेले विशेष महत्व दिएर सस्पेन्स कथाका चलचित्र ‘मन्द–मन्द’ निर्माणमा लागेका छन् ।

वैशाखको तेस्रो साताबाट सुटिङ शुरू भएको यस चलचित्रका मुख्य नायिका कसिस दाहाल सस्पेन्स कथासँग म्याच गराइएको छ ।

निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा सुटिङमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

रुद्राक्ष फिल्मसको ब्यानरमा निर्माण भइरहेको सो चलचित्रको कार्यकारी निर्मातामा रुद्र खनाल हुन् ।

टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा भइरहेको छ ।

दीब्यराज सुबेदीले फिल्मलाई खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामिछाने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित