सोमबार, २ असार २०७६
DainikNepal.com
सोमबार, २ असार २०७६

ओपो रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन

दैनिक नेपाल २०७६ जेठ ६ गते १५:४३

काठमाडौैँ, ६ जेठ । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)सँग सहकार्यका लागि सम्झौता गरेको छ ।

यससँगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको हो ।

इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन उद्योगबाटै रोल्याण्ड गार्रोसको पहिलो पार्टनर हुनुका साथै पहिलो चिनिया प्राविधिक ब्राण्ड पनि हो ।

‘ऐतिहासिक रोल्याण्ड–गार्रोसको प्रिमियम पार्टनर बन्न पाउँदा हामी निकै हर्षित तथा गौरवान्वित छौँ । २०१९ रोल्याण्ड गार्रोस टूर्नामेन्टका साथमा हामी यस गरिमामय टेनिस टूर्नामेन्टसँगको सहयात्राको सुरुवात गर्नेछौँ’, ओपोका उपाध्यक्ष ब्रायन शेनले भने, ‘यस सहकार्यले प्रिमियर टेनिस टूर्नामेन्टको लोकप्रियतामा अझ ब्यापकता ल्याउनुका साथै ओपो ब्राण्डलाई पनि अझ बढी उपभोक्तासम्म पुग्न सहयोग पुग्ने हाम्रो विश्वास छ ।’

एफएफटीका अध्यक्ष बर्नाड ज्युजचेलील रोल्याण्ड गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको पहिलो चिनिया पार्टनरका रुपमा ओपोको स्वागत गर्न पाउँदा निकै हर्षित भएको बताए ।

‘यो संयुक्त सम्झौता वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्डको विश्वासको सटिक प्रदर्शनी हो । नवप्रबर्तनको सिद्धान्तमा आधारित यो सम्झौता एफएफटीको प्रभाव बढाउन र चीन जस्तो प्रमुख वैश्विक बजारमा आफ्नो उपस्थिती थप दरिलो बनाउने अन्तर्राष्ट्रिय रणनीतिसँग मेल खाँदो छ’, उनलेभ ने ।

यो पार्टनरसिपमार्फत ओपो र रोल्याण्ड गार्रोसले ब्राण्ड सजगता, भिडियो कन्टेन्ट उत्पादन, यूवा प्रतिभा विकास र प्रविधि तथा उत्पादन अनुभव लगायत क्षेत्रमा उल्लेख्य सहकार्य गर्नेछ । ओपोको प्रिमियम स्मार्टफोनहरु, फाईन्ड एक्स र रेनोको प्रयोग मार्फत रोल्याण्ड गार्रोसका विशेष पलहरु कैद गरी स्टेडियममा फोटो ग्यालरीका रुपमा प्रदर्शित गरिनेछ ।

भविष्यमा ओपोले रोल्याण्ड गार्रोसमा अनसाइट रुपमै, विशेष ओपो जोन खडा गरी विश्वभरका टेनिस फ्यानलाई आफ्ना नयाँ उत्पदन तथा प्राविधिक नवप्रबर्तनहरु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नेछ । युवा प्रतिभाहरुलाई अवसर र प्रेरणा प्रदानगर्ने ओपोको प्रतिबद्धता अनुसार ओपो ‘जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपो’को टाइटल स्पोन्सरका रुपमा पनि आवद्ध भएको छ ।

यसले चीन, भारत र ब्राजिलका उदयिमान युवा एथ्लेट्सलाई टूर्नामेन्टसम्म पुग्न सघाउने छ । ‘यूरोपमा सर्वाधिक लोकप्रिय खेलका रुपमा रहेको टेनिसका लागि कडा एथ्लेटिसिजम मात्र नभई सुन्दरता र कलात्मकताको पनि आवश्यकता पर्छ । ओपोको आफ्नो उत्पादनप्रतिको सिद्धान्तसँग यो मिल्दो जुल्दो छ’, ब्रायन शेनले भने ‘ रोल्याण्ड गार्रोससँगको यो पार्टनरशिपले संयुक्त भिजन प्रतिबिम्बित गर्नुका साथै हाम्रो यूरोपमा अझ फराकिलो रुपमा उपभोक्तासँग सटिक सम्वाद र सम्बन्ध स्थापित गर्न सघाउनेमा हामी विश्वस्त छौँ ।’

एक वैश्विक ब्राण्डका रुपमा ओपोको यूरोपसँग बलियो प्रतिबद्धता रहेको छ । रोल्याण्ड गार्रोससँगको यो सहकार्यले स्पोर्ट्स पार्टनरशिपमार्फत ओपोको प्रतिबद्धतालाई थप दरिलो तरिकाले प्रस्तुत गर्न सघाएको छ ।

रोल्याण्ड गार्रोससँगको यो सहकार्यका साथै विम्बलडन, एफसी बार्सिलोना र ईन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले ओपोको यूरोपियन बजारमा बलियो लगानीको महत्व दर्शाउँछ ।

आफ्नो रणनीति ‘ईन यूरोप, फर ग्लोबल’लाई आधार मान्दै यूरोपियन बजारमा आफ्नो व्यवसाय बृद्धि गर्दै थप नवप्रबर्तनात्मक उत्पादन तथा सेवाहरु यस क्षेत्र र विश्वभरका उपभोक्तामाझ पस्कन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित