४ कार्तिक २०८३, बुधबार

एकदिवसीय क्रिकेट इंग्ल्याण्डले जित्यो, पाकिस्तान ५४ रनले पराजित

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ६ जेठ । पाचौँ तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले पाकिस्तानलाई ५४ रनले हराएको छ ।

इंग्ल्यान्डले दिएको ३ सय ५२ रनको लक्ष्य पछाएको पाकिस्तान ४६ ओभर ५ बलमा अलआउट हुँदै २९७ रनमा समेटियो । पाकिस्तानका लागि कप्तान सरफराज अहमेदले ९७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि जोय रुटले ८४ तथा कप्तान इयान मोर्गनले ७६ रनको अर्धशतकीय इनिङ्स खेले ।

योसंगै इंग्ल्यान्डले पाकिस्तानविरुद्धको पाँच खेलको सिरिज आफ्नो पक्षमा पारेको छ ।