काठमाडौं । गायक प्रमोद खरेलको आवाजमा एलिसा मगरको आधुनिक गीत ‘धोका’ सार्बजनिक भएको छ ।
गीतमा एलिसा मगरकै शब्द रहेका छन । गीतका संगीतकार हरि थापा हुन् ।
सामना म्युजिक क्रिएसनले बजार ब्यबस्थापन गरेको उक्त भिडियोमा पछिल्लो समयमा चर्चा हुन थालेको छ ।
म्युजिक भिडियोमा बुद्धबीर थापा, बिरज बास्कोटा र उषा सुवेदीको अभिनय देख्न सकिन्छ ।
निर्देशक गौतम शेर्पाको निर्देशन रहेको उक्त भिडियोलाई तिलक रिजालको छायांकन रहेको छ । भिडियोलाई अभिनाश डिसीले सम्पादन गरेका छन ।
भिडियोलाई रेलिमाई टिभी नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको छ । भिडियोको छायांकन इलाम र झापा आसपासमा गरिएको हो ।















प्रतिक्रिया