४ कार्तिक २०८३, बुधबार

त्रिशूलीमा बस दुर्घटना, तीन जनाको मृत्यु

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धादिङ, ५ जेठ । धादिङ जिल्ला अन्तरगत पृथ्वी राजमार्गको आदमघाट नजिकै त्रिशूली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ३० जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाडौंको लागि छुटेको ना ७ ख ४३ ८७ बस आइतबार बिहान त्रिशूली नदीमा खसेको हो ।

दुर्घटनामा ज्यान गुमाउने दुई पुरुष र एक महिलाको नाम ठेगाना खुल्न बाँकी रहेको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा उद्दारको काम चलिरहेको छ ।