४ कार्तिक २०८३, बुधबार

बायर्न म्युनिखले जित्यो जर्मन बुण्डेस लिगा फुटबलको उपाधि

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, ५ जेठ । जर्मन बुण्डेस लिगा फुटबलको उपाधि बायर्न म्युनिखले जितेको छ । शनिबार राति भएको खेलमा इन्ट्राचेत फ्रान्कफटलाई ५–१ गोल अन्तरको जित निकाल्दै उपाधि जितेको हो ।

जितसँगै बायनको अंक तालिकामा ७८ अंक पुर्‍याएको छ । बायर्नको जितमा किंग्सले कोम्यानले चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता बनाएका बायनले दोस्रो हाफको सुरुमै गोल खाएको थियो ।

५० औं मिनेटमा हलरले गोल गर्दै फ्रान्कफटलाई खेलमा फर्काएका थिए । ५३औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बायनलाई २–१ ले अघि बढाए ।

रेनाटे सान्सेचले ५८ औं मिनेटमा तेस्रो तथा फ्रान्क रेबरीले ७२ औं मिनेटमा गोल गर्दै टिमलाई ४–१ को अवस्थामा पुर्‍याए । लगातार गोल थपेको बायनका लागि ७५ औं मिनेटमा आर्जेन रोबेनले पाँचौ गोल गरेका थिए ।