७ कार्तिक २०८३, शनिबार

प्रदेश सांसदको आडमा प्रहरीमाथि आक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ जेठ । सडक बोर्डको कर उठाउने टिकौलीस्थित घुम्तीमा आक्रमण गर्दा प्रहरी जवान घाइते भएकी छन्। ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी छन्।

यो समूहले प्रदेश ३ का सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीमाथि गाली गरेका थिए। सांसद खनालकै आडमा भएको हुलदंगामा असई खड्का पीडित भइन्। शरीरमा आगो लागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन्।

‘मैले त्यसै छाडेको भए ठुलै अनर्थ हुन्थ्यो। आगो लागेपछि मरे भन्ने लागेको थियो’ आँखाबाट आसु झार्दै खड्काले भनिन्, ‘१५ मिनेटसम्म भीडलाई रोक्न लागे तर प्रहरीको संख्या कम भएकोले सकिन।’

घुम्तीमा पेट्रोल छर्कंदा उनको शरीरमा परेको थियो। घुम्तीमा रोक्न खोज्दा खड्काको शरीरमा पेट्रोल परेको थियो।

प्रहरीसँग आक्रोसित त्यो समूहले घुम्तीमा आगो लगाउँदा खड्काको शरीरमा आगो लागेको हो। यो घटना शुक्रबार बिहान साढे १० बजे भएको हो। ‘सांसद ठूलो की प्रहरी ठूलो भन्दै सांसदले भनेको नमान्ने भन्दै मैमाथि भिड खनियो’, खड्काले भनिन्।

भीडमा सांसद खनालपनि उपस्थित थिए। खनालले आक्रमण गर्नेको पक्षमा लागेर प्रहरीलाई धम्काएका थिए।