लन्डन, ४ जेठ । इंग्ल्यान्डमा हुने विश्वकप क्रिकेट विजेताले अहिलेसम्मकै सर्वाधिक ४० लाख अमेरिकी डलर प्राप्त गर्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले शुक्रवार ट्रफी विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो ।
यसै महिनाको अन्त्यदेखि सुरु भई ४६ दिनसम्म चल्ने एकदिवसीय अन्तर्राष्ट्रिय पुरुष क्रिकेटको कुल पुरस्कार १ करोड डलर रहेको छ । त्यसमा उपविजेताको भागमा २० लाख डलर पर्नेछ ।
समूह चरणका खेलमा विजयी टोलीले ४० हजार डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा पराजित हुने टोलीले ८ लाख डलर पाउने छन् ।
प्रतियोगिताका आयोजक र दाबेदार इङल्यान्ड पहिलोपल्ट विश्वकप ट्रफी जित्ने प्रयासमा छ । उसले दक्षिण अफ्रिकासँग मे ३० मा लन्डनमा खेलेर प्रतियोगिता सुरु गर्नेछ ।
यो विश्वकपमा हुने पहिलो प्रतियोगिता हो, जसमा १० राष्ट्रले एकअर्कासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली सेमिफाइनल पुग्ने छन् । जुलाई १४ मा लर्डसमा फाइनल हुनेछ ।















प्रतिक्रिया