४ कार्तिक २०८३, बुधबार

रुपन्देहीको कोटहीमाईमा माचापुच्छ्रेको थप एक शाखारहित बैंकिङ सेवा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ जेठ । माचापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा १ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप १ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

यो सहित माचापुच्छ बैंक लिमिटेडको हालसम्म ९८ शाखारहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द«को रुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरुलगायत ९८ शाखा रहित बैंकिङ सेवा समेत गरी जम्मा १९८ स्थानबाट सम्पूर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।

साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा छन् ।