४ कार्तिक २०८३, बुधबार

बुटवलको रामनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ जेठ । प्रभु बैंकले बुटवलको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्स्टेन्सन काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले शुक्रबार बैंकको रामनगर एक्स्टेन्सन काउन्टरको औपचारिक उद्घाटन गरे ।

थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ प्रणालीमा प्रवेश गरेको जानकारी गराए ।

उनले कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झन्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमति गरी बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याइएको बताए ।

आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउन्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ प्रणालीमा प्रवेश गरी व्यवस्थित हुने बैंकले विश्वास लिएको छ ।

साथै, तथा श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी बैदेशिक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सहज हुनेछ पनि बैंकले विश्वास लिएको चिफ विजिनेश अफिसर मनिराम पोखरेलले बताए ।