
काठमाडौं, २ जेठ । २२ जनवर्गीय संगठनको एकता टुंगो लगाउनेगरी बसिरहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा युवा संघको नेतृत्व बाँडफाँट पेचिलो बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा १३ र ९ जनसंगठनको नेतृत्व पूर्वएमाले र पूर्वमाओवादीले बाँडफाँट गर्ने सहमतिनजिक छ । तर, कुन कसले नेतृत्व लिने भन्ने विषयमा विवाद कायम छ ।
अध्यक्ष समेत रहेका ओलीले युवा संघ, विद्यार्थी संगठन, मजदुर संगठन पूर्वएमालेले नेतृत्व गर्नुपर्ने प्रस्ताव गरेको बालुवाटार स्रोतले जनाएको छ । तर, पूर्वमाओवादीका लागि विद्यार्थी, युवा वा मजदुर मध्ये एक छाड्नुपर्ने प्रचण्डले अडान कायम राखेका छन् ।
यसअघि पूर्वमाओवादीलाई युवा संघ जिम्मा लगाउने सहमति भएको खबरहरू बाहिरिएका थिए । तर, भियतनाम र कम्बोडियाको भ्रमण सकी बुधबार स्वदेश फर्किएका प्रधानमन्त्रीले युवा, विद्यार्थी मजदुर छाड्न मानेका छैनन् ।
त्यसमा पनि युवा संघ नेतृत्वमा ओलीको जोड रहेको बताइएको छ ।















प्रतिक्रिया