आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

झापामा छैटौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि शुरू हुँदै, महर्जनसहितको टोली प्रस्थान

दैनिक नेपाल २०७६ जेठ २ गते ७:२१

काठमाडौं, २ जेठ । झापा जिल्लामा शुरू हुन लागेको छैटौँ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषद पूर्व कोषाध्यक्ष, कराते पूर्वअन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनसहितको टोली झापा प्रस्थान गरेको छ ।

टोलीमा विश्व कराते महासंघ रेफ्री करातेका वरिष्ठ प्रशिक्षक प्रकाशमोहन धौबडेल र नेपाल कराते महासंघ प्रमुख प्रशिक्षक सोभितराज प्रसाइँ पनि रहेका छन ।

जेठ २ र ३ गते संचालन हुने उक्त प्रतियोगितामा नेपाल भारत बंगलादेश श्रीलंका पाकिस्तान गरी दुई सयभन्दा बढी खेलाडीहरूले भाग लिने आयोजक कमिटी संयोजक कराते अन्तर्राष्ट्रिय रेफ्री राजु महर्जनले बताए ।

महर्जन र प्रसाइँले सहभागी प्रशिक्षक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूसंग चाँडै हुन लागेको नेपाल कराते महासंघ निर्बाचनको विषयमा समेत छलफल गर्नेछ्न ।

प्रतिक्रिया
सम्बन्धित