मंगलबार, ३१ असार २०७६
DainikNepal.com
मंगलबार, ३१ असार २०७६

मिडिया काउन्सिल विधेयक हचुवामा ल्याएको होइन : प्रधानमन्त्री ओली

दैनिक नेपाल २०७६ जेठ २ गते ६:५२

काठमाडौं, २ जेठ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन् ।

‘संसद्भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम नगर्नूस् । सभ्य समाजका लागि विधेयक ल्याइएको हो । हचुवाका भरमा सरकारले विधेयक ल्याएको होइन,’ उनले भने ।

प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी भएको बताए । प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भियतनाम हुँदै कम्बोडिया भ्रमणमा गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित