आइतबार, ५ साउन २०७६
DainikNepal.com
आइतबार, ५ साउन २०७६

गरिमा विकास बैंकको शाखा बीरगञ्जमा

दैनिक नेपाल २०७६ जेठ १ गते १५:२९


काठमाडौँ, १ जेठ । गरिमा विकास बैंक लिमिटेडले बुधबारदेखि बीरगञ्ज शाखा कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।
बीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले शाखा कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्र बीरगञ्जमा आफ्नो उपस्थिति जनाएको र बीरगञ्ज शाखाबाट समेत देशका अन्य शाखाहरुबाट जस्तै उत्कृष्ट सेवा प्रदान गरिने बताए ।

त्यसैगरी, विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले देशका सातवटै प्रदेशमा आफ्नो उपस्थिति जनाइसकेको र आगामी दिनमा समेत शाखा विस्तारको क्रमलाई तीव्रता दिने एवं ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका निर्देशक राजनबिक्रम थापा, बीरगञ्ज महानगरपालिका वार्ड नं. ८ का वडाध्यक्ष राजकिशोर गुप्ता, बीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियालगायतले आफ्नो मन्तव्य राखेका थिए ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७६ शाखा र ३१ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्ने जनाएको छ ।

बैंकले आर्थिक बर्ष २०७५÷७६ को त्रेश्रो त्रैमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित