आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

कामना सेवाकोे ‘कामना सेवा रेमिट’ सेवा शुभारम्भ

दैनिक नेपाल २०७६ जेठ १ गते १३:५३


काठमाडौँ, १ जेठ । कामना सेवा विकास बैंकले बुधबारदेखि आफ्नै ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सेवाको शुभारम्भ गरे ।

विविध विशेषताहरु सहित आफ्ना सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

कामना सेवा रेमिटको प्रयोगबाट सम्पूर्ण ग्राहकहरुले सुरक्षित, भरपर्दो, सरल तथा सुलभ तवरले विप्रेषण सेवा लिन सक्नेछन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटीममार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले अन्तरशाखा कारोबार, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित