आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

ओपोद्वारा रमजान अफरको घोषणा, ए७ र एथ्रीएसमा डिस्काउन्ट

दैनिक नेपाल २०७६ जेठ १ गते १३:२०

काठमाडौँ, १ जेठ । विश्वको अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दुई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६जीबी) भ्यारियन्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो ।

रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमश : रु. २७,९९० र रु. १५,९९० मा उपलब्ध हुनेछन् । अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियाली बजारमा १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रन्ट क्यामेरा तथा फुल स्क्रिनसहित सार्वजनिक पहिलो उपकरण हो । यो फोन विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो ।

त्यसैगरी, ए७भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिक यी दुबै फोन नेपालमा सर्वाधिक विक्रि हुने सफल फोन मध्यका हुन् ।

मितब्ययी मूल्यमै उपलब्ध गरिएका मोबाइल फोटोग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्तामाझ निकै लोकप्रियता पाएका छन् । शक्तिशाली ब्याट्री सहित सार्वजनिक गरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्तामाझ लोकप्रिय रहेका छन् ।

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ १६ एमपी फ्रन्ट क्यामेरा (एआई २.० सहितको) र १३+२ एमपी डुअल रियर क्यामेराको व्यवस्था गरिएको छ ।

त्यसैगरी, ओपो एथ्रीएसमा भने १३+२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपीएआई सक्रिय गरिएको फ्रन्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमा एआई ब्यूटी प्रविधि पनि उपलब्ध छ ।

प्रतिक्रिया
सम्बन्धित