काठमाडौं, १ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संसदको गतिविधिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही समय अगाडि बैठक शुरू भएको हो । बैठकमा सरकारले संसदमा पेस गरेको प्रि–बजेटमाथिको छलफलका विषयमा पनि परामर्श हुनेछ ।
बैठकमा सञ्चार विधेयकका विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा पनि छलफल हुनेछ ।















प्रतिक्रिया