४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालि, काठमाडौंबीच सम्पूर्ण सुविधाहरू दश प्रतिशतसम्म छुट दिने सहमति गरेका छन् ।

बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरूलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरूमा दश प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरिशरण रिजालले हस्ताक्षर गरेका छन् ।