बिहीबार, २ असोज २०७६
DainikNepal.com
बिहीबार, २ असोज २०७६

किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्रको तीन घण्टा (फोटोफिचर)

दैनिक नेपाल २०७६ वैशाख ३१ गते १६:२४

काठमाडौँ, ३१ बैशाख । काठमाडौंको दरबार मार्गमा रहेको किंग्स लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाहले परिवार सहित ३ घण्टा समय बिताएका छन् । गत शुक्रबार पूर्व ाजा ज्ञानेन्द्र शाहले पूर्वराज परिवारका सदस्य तथा आफन्तासँग ह्याप्पी फ्राइडे मनाएका हुन् ।

श्रीमती कोमल शाह, बुहारी हिमानी शाह लगायतका साथमा पूर्वराजा ज्ञानेन्द्र किंग्स लाउञ्ज पुगेका थिए । झण्डै ४० जना आफन्तको साथमा किंग्स लाउन्ज पुगेका ज्ञानेन्द्रले पुरै तीन घण्टा समय बिताएका थिए ।

सुट पाइन्ट लगाएर औपचारिक शैलीमा किंग्स लाउन्ज पुगेका पूर्वराजा ज्ञानेन्द्र हर्षित मुद्रामा देखिएका थिए ।

साँझ झण्डै साढे ७ बजे सुरक्षाकर्मीको बाक्लो उपस्थितिकाबीच दरबारमार्ग पुगेका पूर्वराजा ज्ञानेन्द्रले लाइभ म्युजिकको साथमा स्वादिष्ट भोजनको मज्जा लिएका थिए । सहभागी सबैले किंग्स लाउन्जमा उपलब्ध विभिन्न प्रकारका स्वादिष्ट खानाको स्वाद लिँदै गर्दा पूर्वराजा ज्ञानेन्द्रले खानाको प्रंशसा गर्दै सञ्चालकहरुलाई धन्यवाद दिएका थिए । लाउञ्जले मिलाएको सुरक्षा प्रबन्धको पूर्वराजा ज्ञानेन्द्रले तारिफ गरेका थिए ।

ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरुले लाउन्जमा उपस्थित शुभेच्छुकहरुसँग फोटोसमेत खिचाएका थिए । शाहलाई किंग्स लाउन्ज सञ्चालक तथा व्यवस्थापनका साथै सर्वसाधारणहरुले भव्य स्वागत तथा सम्मान प्रदान गरेका थिए ।

पूर्वराजपरिवारका तर्फबाट पहिले नै रेस्टुरेन्ट बुकिङ गरिएको थियो । पूर्वराजा सहभागी उक्त दिन लाउन्जमा किंग्स ब्याण्डका राकेश खालिङ, अन्जली राई लगायतले विभिन्न मौलिक नेपाली गीत संगितहरु प्रस्तुत गरेका थिए ।

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्ज सुरक्षितका साथै पारिवारिक वातारणमा संचालमा रहेकाले दिनहुँ जसो हाई प्रोफाइल सेलिब्रेटीहरु समेत संगितका साथै स्वादिष्ट भोजनको आनन्द लिन पुग्ने गरेका छन् ।

लाउन्जमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल परिकार हरेक दिन फरक फरक स्वादमा आन पाइन्छ । बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत संचालन हुने गरेका छन् ।

यसैबीच किंग्स लाउञ्जले आगामी जेठ ९ गतेका दिनबाट पोखराको लेकसाइडमा पहिलो शाखा सञ्चालनमा ल्याउने भएको छ । नयाँ वर्षदेखि नै अनौपचारिक रुपमा सेवा सुरु गरिसकेको लाउञ्जले औपचारिक कार्यक्रम गरी पोखरामा सेवा सुरु गर्न लागेको हो ।

हेर्नहाेस् थप फोटोहरु :

 

प्रतिक्रिया
सम्बन्धित