शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

बाबुरामद्वारा करिश्मा मानन्धर माइनस !

दैनिक नेपाल २०७६ वैशाख ३० गते १५:५८

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एसईई परिक्षाको कारण देखाउँदै तत्कालिन नयाँ शक्ति नेपालको राजनीतिक कार्यक्रममा केही महिनाअघि देखि सहभागीता जनाएकी थिइनन् ।

एसईई सकियो, नयाँ शक्तिका विभिन्न कार्यक्रम जारी थिए । करिश्मा कतै देखा परिनन् । नयाँ शक्ति गठनका समयमा राष्ट्रिय परिषद सदस्य रहेकी उनी पार्टीका विभिन्न कार्यक्रममा मात्र हिँडिन्, डा. बाबुराम भट्टराईलाई चुनाव प्रचारका लागि सहयोग पनि गरिन् ।

तर, यतिबेला नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम मिलेर समाजवादी पार्टी बन्यो, करिश्मा कता गइन् ?

‘उहाँलाई हामीले एकीकरणका बेला बोलाएका हौं रेस्पोन्स भएन । त्यसकारण छुट्नुभएको होला’, समाजवादीका एक नेताले भने,‘उहाँलाई नराख्ने, नल्याउने भनिएको छैन ।’

समाजवादीमा करिश्मालाई कुनै भाइटल रोलमा तानिएको छैन । एकता घोषणामा पनि उनको उपस्थिति नहुनु डा. बाबुराम भट्टराईले नै अगाडि सार्न नखोजेको धेरैको बुझाई छ ।

समाजवादी पार्टीको भाइटल रोलमा नयाँ शक्ति नेपालबाट हिसिला यमीलगायत परेका छन् । अझ, नयाँ पदाधिकारी संख्या धेरै पाएका डा. भट्टराईको भागमा उनी किन परिनन् ? एक नेता भन्छन्,‘हाम्रा तर्फबाट केही पदाधिकारी नियुक्ति गर्न बाँकी छ, सम्भवत उहाँ पर्न सक्नुहुन्छ ।’

समाज परिवर्तनका लागि भनेर नयाँ शक्तिमा लागेको करिश्माले बताउँदै आएकी थिइन् । उनले डा. भट्टराईको विद्वताका कारण पनि आफू अध्ययनमा लगनशील भएर विद्यालय शिक्षामा जोडिएको बताउँदै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित