४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको तेस्रो त्रैमासमा ३ अर्ब २२ करोड मुनाफा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३० बैशाख । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ ।

वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका बैंकले जनाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशत (रु.१ अर्ब ९२ करोड) ले वृद्धि गरी रु.३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफ लभएको छ ।
यसैगरी, खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशत (रु. १ अर्ब ३५ करोड) को वृद्धि सहित रु. २ अर्ब २७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको नायव प्रमुख सूचना अधिकृत अर्जुन राजखनियाले बताए ।

गतवर्षको सोही अवधिको खुद मुनाफा रु. ९३ करोड रहेको थियो । बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु.२२८ अर्ब १९ करोड पु¥याउन सफल भएको छ ।

जस अन्तर्गत कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशत (रु. २९ अर्ब ) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशत (रु. ४० अर्ब ५३ करोड) को वृद्धि गरी रु. १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षमा १८ प्रतिशत (रु. २६ अर्ब ८७ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ४४ अर्ब ३७ करोड) को वृद्धि गरी रु.१७८ अर्ब ९ करोड पु¥याउन सफल भएको छ ।

यसरी निक्षेप तथा कर्जामा बैंक अन्य सम्पूर्ण वाणिज्य बैंकहरु भन्दा शीर्ष स्थानमा रहेको दाबी गरेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय १२४ प्रतिशतले वृद्धि गरी रु. ३४.७१ तथा स्वपूँजीमा प्रतिफल ९० प्रतिशतले वृद्धि गरी २१.४६ प्रतिशत पु¥याउन सफल भएको राजखनियाले बताए ।

बैंकले देशभर रहेका २८३ शाखा कार्यालय, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करिब १६ लाख रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको जनाएको छ ।