आइतबार, ५ जेठ २०७६
DainikNepal.com
आइतबार, ५ जेठ २०७६

आइपीएलको उपाधि मुम्बई इण्डियन्सले चौथो पटक जित्यो

दैनिक नेपाल २०७६ वैशाख ३० गते ५:५५

नयाँदिल्ली, ३० वैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । चेन्नई सुपर किंग्सलाई एक रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्सले चौथो पटक उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५ र सन् २०१७ मा पनि उपाधि जितेको थियो ।

हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मुम्बई इण्डियन्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

मुम्बईले जितका लागि चेन्नईलाई १५० रनको लक्ष्य दिएको थियो । जवाफ ब्याटिङ गरेको चेन्नईले लक्ष्य भेट्टाउन सकेन ।

पूरै २० ओभर ब्याटिङ गरेको चेन्नईलाई अन्तिम बलमा २ रन आवश्यक थियो । मुम्बईका लासिथ मालिङ्गाले विकेट लिदैँ मुम्बईको जित सुनिश्चित गरे ।

मुम्बईका लागि जसप्रित बुम्राले २ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दा मात्र १४ रन दिएका थिए । राहुल चहारले पनि १४ रन खर्चिएर एक विकेट लिएका थिए ।

चेन्नईका लागि सेन वाट्सनले ८० रन जोडे पनि जितका लागि पर्‍याप्त भएन । चेन्नईको लगातार विकेट झरिरहँदा पनि ओपनर वाट्सनले एकातर्फबाट पारी सम्हाल्दै टिमलाई अगाडि बढाएका थिए । वाट्सन अन्तिम ओभरमा रन आउट हुन पुगेका थिए ।

मुम्बईले खेलमा सुरुआत राम्रो गरेको थियो । मुम्बईका लागि सबभन्दा धेरै रन किरन पोलार्डले बनाए । उनले नटआउट ४१ रन बनाए। त्यस्तै क्वान्टन डिककले २९ र इसान किसानले २३ रन बनाए ।

चेन्नईका दीपक चहारले एक्लैले तीन विकेट लिए । इमरान ताहिर र शार्दुल ठाकुरलले दुई दुई विकेट लिए । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित