४ कार्तिक २०८३, बुधबार

‘नेपाल्स् प्लस साइज मोडल’का लागि २० प्रतियोगी छनौट

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘नेपाल्स् प्लस साइज मोडल २०१९’का लागि २० प्रतियोगी छानिएका छन् । शनिबार सद्धि मिडियाको कार्यलय कुलेश्वरमा आयोजित प्रारम्भिक चरणको अडिसनबाट अन्तिम स्पर्धाका लागि २० प्रतियोगी छानिएका हुन् ।

‘मेरो कमजोरी मेरो क्षेमता’नारा रहेको प्रतियोगिताको आयोजक सिद्धि मिडिया रहेको छ । अडिसनमा ३० भन्दा बढी व्यक्तिहरूको सहभागिता रहेको अडिसनमा सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाह, मिस चब्बी विजेता लुना गुरुङ, कलाकार तथा समाजसेवी प्रिती कार्की, मोडल तथा नेपाल स्टर मोडल सेकेन्डरनरअफ विजेता आयुसा ठाकुर लगायत निर्णाय रहेका थिए ।

छानिएका सबै प्रतियोगीलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, मिडिया काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिनेछ ।

समाजमा दबिएर रहेका व्यक्तिहरूका प्रतिभा, निखार्दै उनीहरुलाई हरेक क्षेत्रमा अग्रसर हुन प्रेरणा र हौसला प्रदान गर्ने उदेश्य रहेको प्रतियोगिताका शीर्ष बिजेता ५० हजार, फष्ट तथा सेकेन्ड रनरअप विजेताले क्रमशः ३० र २० सहित बिभिन्न पुरस्कार जित्न सक्नेछन् ।