शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

गायिका मञ्जुको ‘मनको साथी’ एल्वम बिमोचन

दैनिक नेपाल २०७६ वैशाख २९ गते ९:३८

काठमाडौं । गायिका मञ्जु उपासना आफ्नो दोस्रो एल्वम ‘मनको साथी’ बिमोचन गरेकी छिन् ।

ललितपुरको भैँसेपाटीमा शनिबार आयोजित विशेष कार्यक्रममा गायिका मञ्जुको एल्वम सार्वजनिक गरिएको हो । एमल्वम बिमोचन कार्यक्रममा बरिष्ठ रचनाकार कृष्णहरि बराल, संगीतकार सन्तोष श्रेष्ठसहितका गीत संगीतका हस्तीहरूको सहभागिता रहेको थियो ।

गायन क्षेत्रमा सक्रिय रहेकी गायिका मञ्जुले यसअघि पनि आफ्नो एकल एल्वम सार्वजनिक गरिसकेकी छिन् । ‘मनको साथी मेरो दोस्रो सोलो एल्वम हो’, उनले भनिन्, ‘सबैको साथ र समर्थन तथा सहयोगले दोस्रो एल्वम निकाल्न सफल भएकी छु ।’

भविषयमा पनि गायन पेशालाई अंगाली रहने बताएकी मञ्जुले भनिन्, ‘मलाई गीत संगीतको क्षेत्रबाट पलायन हुने मन छैन । सबैले साथ दिनुभएका कारण गायनमा टिकिरहेकी छु ।’

एल्वम निकाल्ने परम्परा पातलो भइरहेका बेला गायिका मञ्जुले हिम्मत गरेर ‘मनको साथी’ एल्वम निकालेकी हुन् । भन्छिन्, ‘अरुको बारेमा मलाई थाहा छैन । मेरो गीतहरूलाई एल्वमै राखेर बिमोचन गर्ने धोको थियो । त्यो इच्छा पूरा भएको छ ।’

गायिका मञ्जुको ‘मनको साथी’मा पाँच वटा गीतहरू रहेका छन् । ती सबै गीतमा मञ्जुको स्वर छ । ‘मनको साथी’मा सन्तोष श्रेष्ठ, अविन ढुंगाना र दीपक सिल्वालले संगीत दिएका छन् ।

शब्द प्रकाश केसी, संगीता थापा र एचबी सुनारले लेखेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित