शनिबार, ३२ साउन २०७६
DainikNepal.com
शनिबार, ३२ साउन २०७६

‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला

दैनिक नेपाल २०७६ वैशाख २८ गते ५:५५

काठमाडौं । ‘नेपाल्स स्टार मोडल’को चौथो सिजन शुरू भएको छ । आयोजक सिद्दि मिडियाले विज्ञप्ति जारी गर्दै ‘नेपाल्स स्टार मोडल २०१९’को आवेदन खुल्ला भएको जनाएको छ ।

देशभरका १६ देखि ४० वर्षसम्मका विवाहित, अविवाहित महिला तथा पुरुषले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा विद्यार्थी, गृहणी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारी व्यवसायी लगायत हर तहतप्काका पुरुष र महिलाहरूले भाग लिन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो अडिसन यहि वैशख २८ गते राजधानीमा आयोजना हँुदैछ । प्रतियोगिताको छनौट चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धाका लागि एक महिनासम्म विशेष प्रशिक्षणमा सहभागी हुन सक्नेछन् ।

प्रशिक्षणका क्रममा उनीहरूलाई ट्रेनर, सेलिब्रेटी र चर्चित मोडल लगायत प्रशिक्षकबाट सञ्चार कला, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि लगायत विभिन्न विषयमा प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरूलाई फिटनेस, योगा, स्पासहित बिभिन्न गतिविधिमा समेत सहभागी गराइने जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए ।

महिला तथा पुरुषले आफ्नो व्यक्तित्व विकास गर्दै समाजमा आफ्नो महत्वपूर्ण स्थान बनाउन प्रतियोगिता लाभदलायक सिद्ध हुने शाहको बिश्वास रहेको छ ।

प्रतियोगितामा सहभागिताका लागि सिद्धि मिडियाको कार्यलय तथा फेसबुक पेजबाट पनि आवेदन भर्न सकिनेछ ।

प्रतियोगिताका शीर्ष बिजेताले ३० हजार नगदसहित बिभिन्न उपहार र फष्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगदसहित बिभिन्न उपहार जित्न सक्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित