
काठमाडाैँ, २७ बैशाख । सानिमा बैंकका संस्थापक लगानीकर्ता उपेन्द्र महतोको समूहले बैंकको स्वामित्व छाडेको छ । गैह्रआवासीय नेपालीद्वारा संचालित बैंकबाट महतोको समूहले सम्पूर्ण सेयर बिक्री गरेको हो ।
उपेन्द्र महतोको समूहको सबै सेयर संचय कोषले खरिद गरेको छ । बैंकमा उपेन्द्र भाइ डा. वीरेन्द्र महतोको नाममा सेयर रहेको थियो । वीरेन्द्र माछापुच्छ्रे बैंकका अध्यक्ष समेत हुन् । महतोको नाममा सानिमाको कुल २७ लाख ७८ हजार ५३५ कित्ता संस्थापक सेयर थियो ।
बिहीबार १८ लाख ५ हजार कित्ता सेयर कोषका नाममा गएको छ भने बाँकी सेयर आइतबार नामसारी हुनेछ । ब्रोकर नम्वर ५० मार्फत यो परिमाणको सेयर बिक्री भएको छ भने ब्रोकर नम्वर ३३ मार्फत खरिद भएको छ।
यो सेयरको मूल्य ३२ करोड ५० लाख रुपैयाँभन्दा बढी हुन आउँछ । चैत ७ गते लिलामी बोलकबोलका माध्यमबाट उनको सेयर बिक्रीका लागि आह्वान गरिएको थियो ।
चैत २५ गते नै संचयकोषले सेयर खरिद गरेको हो । न्यूनतम मूल्य १८० रुपैयाँ तथा न्यूनतम २ लाख कित्ता तोकेर बोलकबोल बिक्रीका लागि आह्वान गरिएको थियो।















प्रतिक्रिया