शुक्रबार, १० जेठ २०७६
DainikNepal.com
शुक्रबार, १० जेठ २०७६

प्रनिल गुरुङले ल्याए ‘काफल पाक्यो’

दैनिक नेपाल २०७६ वैशाख २७ गते १०:०६

काठमाडौं । प्रनिल गुरुङको लयमा मौलिक गीत ‘काफल पाक्यो…’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका सम्झना लामिछाने मगर र गायक गोपाल क्षेत्रीको स्वरमा रहेको गीतका संगीत संयोजक तिलक ओली हुन् । गीतका शब्द गोपाल क्षेत्री र प्रनिल गुरुङले लेखेका हुन् ।

म्युजिक भिडियोको निर्देशक समिर ठोकर हुन् । म्युजिक भिडियोको छायाँकन सागर गौतमले गरेका हुन् ।

सफता म्युजिक कम्पनीले बजारमा ल्याएको म्युजिक भिडियोमा प्रनिल गुरुङ र आयुष्मा कार्कीको अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित